कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्रोनसहित मलेसियन पक्राउ

दोलखा — ड्रोन उडाउने एक जना मलेसियन नागरिकलाई सदरमुकाम चरिकोटबाट प्रहरीले पक्राउ गरेको छ । पानारोमा होटलबाट आइतबार बिहान ड्रोन उडाएपछि युनिसेफमा कार्यरत ५२ वर्षीय मलेसियन टाइ रिङ थ पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले टाइ रिङसँग रहेको करिब १४ इन्च वर्गाकारको ड्रोन र क्यामेरा अपरेटिङ ल्यापटप बरामद गरेको बताए । ड्रोन उडाउन गृह र नागरिक उड्डयन मन्त्रालयको स्वीकृति चाहिन्छ । निजी प्रयोजनका लागि २ केजी तौलसम्मको ड्रोन ४ सय फिट उचाइ र ५ सय मिटर दूरीसम्म उडाउन स्वीकृति नचाहिने उड्डयन विभागको निर्देशिकामा उल्लेख छ ।

नक्कली परीक्षार्थी पक्राउ
काभ्रे (कास)– अंग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पोखरीनारायणस्थान माविका रोमिश लामाको नाममा परीक्षा दिइरहेका ज्ञानकुञ्ज उच्च माविका अरुण केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

साथीको नाममा परीक्षा दिइरहेका केसी ज्ञानकुञ्जबाट कक्षा ११ को परीक्षामा नियमित सहभागी छन् । अघिल्लो वर्ष अंग्रेजी विषयमा अनुत्तीर्ण लामाले साथीलाई परीक्षा दिन लगाएको प्रहरीले जनायो ।

प्रवेशपत्र जाँच्ने क्रममा फोटो नमिलेपछि शंका लागेर प्रहरीको जिम्मा लगाएको परीक्षा शाखा प्रमुख रूपेश नेपालले जानकारी दिए । थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलयका डीएसपी नवीनराज राईले बताए । केन्द्राध्यक्षसमेत रहेका क्याम्पस प्रमुख सागर तिवारीले लामालाई निष्कासन गर्न राष्ट्रिय परीक्षा बोर्डमा लेखी पठाएको जानकारी दिए ।

प्रकाशित : असार ५, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?