कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० शिवम् किन्दा १ बोरा सित्तैमा

छोटकरी

काठमाडौं — शिवम् सिमेन्ट लिमिटेडले २० बोरा ओपीसी खरिदमा १ बोरा सित्तैमा दिने योजना ल्याएको छ । शिवम् सिमेन्टले ग्राहकको सम्मान गरी उत्साह प्रदान गर्न सहुलियतका योजना ल्याएको जारी विज्ञप्तिमा छ ।

 २० शिवम् किन्दा १ बोरा सित्तैमा

यसअघि पनि कम्पनीले चाडवाडको अवसरमा ‘चाँदी नै चाँदी’ र ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी–गणेश’ अंकित चाँदीको सिक्का उपहार योजना लागू गरेको जनाइएको छ ।

शिखरबाट स्याउ बिमाको क्षतिपूर्ति
काठमाडौं (कास)– शिखर इन्स्योरेन्स कम्पनीबाट जुम्लाका १ सय ५ किसानले स्याउ बिमाबापतको क्षतिपूर्ति पाएका छन् । स्याउ फल्ने बेलामा असिना परी भएको क्षतिबापत बिमा रकम उपलब्ध गराइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जुम्ला, कालिकोट र मुगुमा गरी २० लाख रुपैयाँको बिमा दाबी भएको जनाइएको छ । स्याउ किसानले असिना र खडेरीबाट हुने आर्थिक नोक्सानीबाट सुरक्षित रहन बिमा गर्दै आएका छन् । कम्पनीले २०१६ देखि जुम्ला, कालिकोट, मुगु र डोल्पामा स्याउ बिमा योजना लागू गरेको छ ।

प्रकाशित : असार १७, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?