कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृगौलाको नि:शुल्क डायलासिस

मृगौलाको उपचारका लागि १२ वटा डायलासिस मेसिन

भरतपुर — मृगौला रोगीले चर्को शुल्क तिरेर डायलासिसका लागि अब निजी अस्पतालमा धाउनु नपर्ने भएको छ । भरतपुर अस्पतालले मृगौला उपचारका लागि डायलासिस र न्युरो सर्जरी सेवा सुरु गर्ने तयारी थालेको छ । आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् ।

मृगौलाको नि:शुल्क डायलासिस


अस्पतालले पहिलो पटक मृगौला बिग्रेपछि रगत सफा गर्ने डायलासिस सेवा दिन लागेको हो । चर्को शुल्क तिरेर निजीमा जाने बिरामीले अब सरकारीमै नि:शुल्क सेवा पाउने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । ‘मृगौलाको उपचारका लागि १२ वटा डायलासिस मेसिन ल्याइएको छ,’ उनले भने, ‘आर्थिक अभावले
कुनै पनि बिरामीको मृत्यु नहोस् भन्नका लागि निशु:ल्क सेवा दिन लागिएको हो ।’
मृगौला रोगका बिरामीको
किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । डायलासिस गरिएन भने बिरामी नबाँच्ने चिकित्सक बताउँछन् । यहाँका दुई निजी मेडिकल कलेजमा मात्र मृगौलाका बिरामीको डायलासिस गरिन्छ । सरकारीमा मेसिन जडानको काम सुरु छ । ‘यो सेवा चाँडै सुरु गर्छौं,’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र मरासिनीले भने, ‘साउनभित्र सबै मेसिन जडान गरेर सेवा सुचारु गर्ने योजना छ ।’ देशभरका सरकारी अस्पतालको सेवा खस्कँदो भएको बेला यहाँ भने एक पछि अर्को सेवा थप्दै लगिएको छ ।
अस्पतालले न्युरो सर्जरी सेवा सुरु गर्ने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तयार गरिएको छ । अस्पतालले दक्ष चिकित्सक नियुक्त गरी न्युरो सेवा सुरु गर्न लागिएको जनायो । यस अघि मेडिकल कलेजमा मात्र न्युरो सर्जरी सेवा दिइन्थ्यो । सरकारीमा पर्याप्त सेवा नहुँदा सर्वसाधारणले महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । स्वास्थ्य र अर्थ मन्त्रालय मार्फत छुट्टै बजेट निकासा गरी मृगौला र न्युरो सम्बन्धी नयाँ उपकरण ल्याइएको हो ।

प्रकाशित : असार २८, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?