कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्थलीमा व्यवस्थित बसपार्क

रामेछाप — सधैं हिलाम्मे र धूलाम्मे हुने मन्थली बसपार्क पक्की र चौडा बनाउन थालिएको छ । जिल्लास्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र मन्थली नगरपालिकाले बसपार्क निर्माण थालेका हुन् ।

यसपटक बसपार्कले ओगटेको क्षेत्रफल यकिन गरी जमिन सम्याउने र ढलानलगायत पूर्वाधारका काम अघि बढाइएको छ । डिभिजन कार्यालय प्रमुख अमरबहादुर थापाले बसपार्क निर्माणका लागि गुरुयोजना तयार भएको बताए । ‘गुरुयोजनाबमोजिम काम सुरु गरिएको छ, आगामी दिनमा बसपार्क अतिक्रमण र आफूखुसी भोगचलन गर्ने प्रवृत्ति अन्त्य हुनेछ,’ उनले भने । 
स्थानीयले बसपार्क क्षेत्रमा गाडी मर्मत, विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै जथाभाबी माटो थुपार्दै आएका थिए । यसबाट बसपार्क कुरूप बनेको छ । अहिले बसपार्कको दीर्घकालीन विकासका लागि पार्किङस्थल, टिकट घर, प्रतीक्षालय, शौचालय र व्यावसायिक स्टलसमेत बनाउने गरी नक्सा तयार गरिएको छ । थापाका अनुसार गुरुयोजनाले समेटेका सबै पूर्वाधार बनेपछि बसपार्क आधुनिक देखिनेछ । २०५६ मा सदरमुकामसम्म सडक जोडिएपछि मन्थलीको गडुबारी बगरमा अस्थायी बसपार्क राखिएको थियो ।

प्रकाशित : श्रावण २, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?