कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा एकको मृत्यु

भक्तपुर — मध्यपुर थिमि ३, कौशलटारस्थित काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क १२१३ नम्बरको मिनिट्रक र सोही दिशातर्फ आइरहेको बा ७७ प ४२२० नम्बरको मोटरसाइकल गाडीमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।

दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनाबाट सख्त घाइते कीर्तिपुरकी १८ वर्षीया अश्मी सुनार उपचारको क्रममा नागरिक सामुदायिक अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक कीर्तिपुरकै २२ वर्षीय हरि गहतराज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंले बताए । घाइतेको नागरिक सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए । मिनिट्रक र चालक भक्तपुर नगरपालिका–९ का ३२ वर्षीय जीवन ज्याठालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण ७, २०७४ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?