कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्कियो तुलजा दरबार

कान्तिपुर संवाददाता

नुवाकोट — विदुर नगरपालिका–२, नुवाकोटडाँडामा रहेको लिच्छविकालीन तुलजा भवानी मन्दिर (पाँचतले दरबार) बिहीबार भत्केको छ।

भत्कियो तुलजा दरबार

वर्षाले कमजोर बनाएकाले मन्दिर भत्केको द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए। उक्त मन्दिर पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार नजिकै छ। सिम्रौनगढका राजा नान्यदेव भागेर नेपाल खाल्डो पस्नुअघि यहाँ तुलजा भवानी राखेर मन्दिर बनाएको किंवदन्ती छ। पुजारी र गुठियार १२ जनाले मात्रै देवीको दर्शन र पूजा गर्दै आएका थिए। २०३१ सालमा मूर्ति चोरी भएपछि मूर्ति रहेका ठाउँमा पूजा गर्दै आएका थिए। भूकम्पपछि २२ लाख खर्चेर मन्दिर तथा दरबार छोपिएको थियो। मन्दिरका पुजारी नारायणमानसिंह डंगोलका अनुसार गारोमा पानी चुहिएर मन्दिर ढलेको हो।

प्रकाशित : श्रावण २०, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?