कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेजिका महर्जन एसीसीए परीक्षामा विश्व विजेता

कान्तिपुर संवाददाता

काठमाडौं — ब्रिटिस कलेजले पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा आफ्नो विद्यार्थी विश्व विजेता बनेको दाबी गरेको छ ।

रेजिका महर्जन एसीसीए परीक्षामा विश्व विजेता

 

सन् २०१७ जूनमा भएको पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा द ब्रिटिस कलेजकी रेजिका महर्जन विश्व प्रथम भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । कलेजका निर्देशक महेन्द्र काडेल र कार्यक्रम अनन्त प्रबन्धक गौतमले कलेजको तर्फबाट रेजिकालाई २० हजार रुपैयाँको चेकसहित पुरस्कृत गरे । 

एसीसीए (एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) एक व्यावसायिक शैक्षिक योग्यता हो, जुन १ सय ८० देशमा प्रदान गरिन्छ । यो कोर्स अन्य शैक्षिक योग्यताभन्दा भिन्न रहेको भन्दै ब्रिटिस कलेजले यो कोर्सको परीक्षामा विद्यार्थी आफैंले चार परीक्षा पिरियडहरु छान्न सक्ने जनाएको छ । 

प्रकाशित : श्रावण २०, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?