कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया

कान्तिपुर संवाददाता

भक्तपुर — पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार प्रोस्टेटको शल्यक्रिया गरिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया

मध्यपुर थिमी नगरपालिका गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा भट्टराईको मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछाले बताए । शल्यक्रियापछि उनको अवस्था सामान्य भएको चिकित्कसले बताएका छन् । चार दिन उपचार गराएपछि डा. भट्टराईलाई डिस्चार्ज गरिने अस्तालले जनाएको छ । 

 

प्रकाशित : श्रावण २१, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?