कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरको जिल्ला समन्वय समितिमा एमालेका उम्मेद्वार निर्विरोध

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख सहित सबै सदस्यमा एमालेका उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् । गत बिहLबार उम्मेद्वारी दर्ता गरेका उनीहरुलाई आइतबार निर्वाचित घोषणा गरिएको हो ।

समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानु कुमारी बुडथापा निर्वाचित भएका छन् । तामाङ पुनर्वास नगरपालिका-३ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । यसैगरी सदस्यमा बलराम पन्त, लक्ष्मण राना र डिठ्ठा राना तथा महिला सदस्यमा इकरानी राना, सुन्नरी देवी कडारा तथा दलित महिला सदस्यमा गड्डीदेवी राना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समन्वय समितिका निर्वाचित पदाधिकारीहरुले आइतबारै सपथ तथा पदभार ग्रहण गरेका छन् । ९ स्थानिय तह रहेको कञ्चनपुरमा एमालेको बहुमत भएका कारण अन्य दलले समन्वय समितिमा उम्मेद्वारी नदिएका हुन् ।

प्रकाशित : श्रावण २२, २०७४ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?