कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नोट छाप्ने पक्राउ

डम्बरसिं राई

खोटाङ — नक्कली नोट छापेको अभियोगमा लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् । उनले फोटोकपि प्रिन्टरबाट हजारको नोट साटेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनी एक हजारको छ वटा नक्कली नोट सहित पक्राउ परेका छन् ।

उनले छापेको नक्कली नोट स्थानीय सूर्य निरौलालाई चार हजार र रमेश मगरलाई चार हजार दिएका थिए । उनीहरुबाट चार–चार हार बरामत गरिएको प्रहरीले जनाएको छ ।

सुनिलको साथमा एक थान कम्प्युटर र एक थान प्रिन्टर समेत बरामत गरिएको प्रहरीले प्रहरी नायव निरीक्षक मनोजकुमर यादवले बताएका छन् । उनी विरुद्ध उनी खोटाचलनसम्बन्धी आइतबार मुद्दा चलाइएको छ । ठहर भए दश वर्षसम्म कैद र बिगो बराबरको जरिवाना तिर्नु पर्ने हुन्छ ।

प्रकाशित : श्रावण २२, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?