कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केयुका प्राध्यापक आन्दोलित

कान्तिपुर संवाददाता

काभ्रे — पदोन्नतीलगायत माग राखेर काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित भएका छन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति जारी गरेर विरोध, धर्ना र बन्द समेतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

केयुका प्राध्यापक आन्दोलित

संघका सभापति बेदमणि दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘शिक्षक तथा कर्मचारी सेवा शर्त नियम, २०५० को चौधौँ संशोधन’ कार्यशालाको प्रतिवेदन कार्यान्वयन गर्न माग गरिएको छ । काम गरिरहेका शिक्षक र कर्मचारीहरुको पदोन्नती, समान योग्यता र कार्य अनुभव भएका प्राध्यापकहरुको एकैनासको पदोन्नती र करारमा रहने शिक्षक तथा कर्मचारीहरुको अधिकतम करारको नवीकरणको समयसीमा निर्धारण गर्न पनि माग गरिएको छ ।

माग संबोधन नभए साउन २६ गतेदेखि ३२ गतेसम्म कालो झन्डा र कालोपट्टीसहित प्रदर्शन गर्ने र सो अवधिमा पनि माग पूरा नभए धर्ना र बन्दका कार्यक्रमहरु गर्ने सभापति दाहालले जानकारी दिए । संघले २०७४ वैशाख २६ गते उपकुलपतिलाई तीन बुँदे माग पेस गरे पनि सम्बोधन नभएको भन्दै आन्दोलित भएका हुन् । 

प्रकाशित : श्रावण २५, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?