कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीको समर्थनमा सुर्खेतका चिकित्सकहरु आन्दोलित

प्रकाश अधिकारी

सुर्खेत — त्रिवि शिक्षण अस्पताल अनशनरत प्रा. डा.गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै सुर्खेतका चिकित्सकहरु आन्दोलित भएका छन् ।

डा.केसीको समर्थनमा सुर्खेतका चिकित्सकहरु आन्दोलित

केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सकहरुले दुई दिनदेखि हातमा कालोपट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन् । 

मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखी केसी १८ दिनदेखि अनशनमा छन् । पटक–पटक गरिएका सम्झौता सरकारले पालना नगरेको भन्दै चिकित्सकहरुले आपत्ति जनाएका छन् ।
 
‘केसीले उठाएका जायज मागहरु पुरा गरी उहाँको जीवन रक्षा गर्न समेत माग गर्दछौं,’ चिकित्सक ड रबिन खड्काले भने, ‘११ पटक अनसन बस्दा पनि राज्य उदासिन हुनु दुखद कुरा हो ।’ 

नेपाल मेडिकल एशोसिएसनका सचिव डा. नवराज केसीले अनसनरत केसीको जीवन रक्षार्थ आवश्यक कदम नचालिए सिंगो स्वास्थ्य सेवा ठप्प पारिने चेतावनी दिए । 

प्रकाशित : श्रावण २६, २०७४ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?