कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित कर्मचारी पक्राउ

कान्तिपुर संवाददाता

रौतहट — अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोलीले ३५ हजार घूससहित जिल्ला शिक्षाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

घूससहित कर्मचारी पक्राउ

शिक्षा कार्यालयका सबओभरसियर ललनकुमार सिंह सदरमुकाम गौरको बीपीचोकस्थित चिया पसलमा श्री मावि माधोपुरका पूर्व प्रअ रामउद्दार यादवबाट शुक्रबार घूस लिँदै गर्दा पक्राउ परेका हुन् । २ वर्षअघि अवकाशप्राप्त यादव विद्यालय भवन निर्माण, मर्मत सम्भारलगायत कामको हिसाब फर्स्योट गराउन जिल्ला शिक्षा धाइरहेका थिए । सबओभरसियर सिंहले बिल भर्पाईमा सही गर्न घूस मागेको सूचना पूर्वशिक्षक यादवले अख्तियारलाई दिएका थिए । घूस लेनदेन गर्न मिलाइएको समयमा अख्तियारको टोली पुगेर उनलाई नियन्त्रणमा लिएको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले बताए । ‘ललन दिउँसो एक बजेसम्म कार्यालयमै उपस्थित थिए,’ उनले भने, ‘चिया खाने बहानामा निस्केका उनी यसरी पक्राउ परेका हुन् ।’

 

प्रकाशित : श्रावण २८, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?