कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतीयोग्य जमिन बगर

हेटौंडा — अविरल वर्षापछिको बाढीले यहाँको ३६० रोपनी खेतीयोग्य जमिन बगर बनेको छ । छतिवन, हाँडीखोला, आमभञ्ज्याङ र हेटौंडा उपमहानगरपालिकाका विभिन्न भागका उर्वरा जमिन खोलाले कटान गरेको हो ।

कृषि विकास कार्यालय प्रमुख निर्मल गदालका अनुसार निरन्तरको वर्षाले जिल्लाको मुख्य बालीका रूपमा रहेको मकै र धान बालीलाई क्षति पुगेको छ । जिल्लाको खेतीयोग्य जमिन बगाएको, बगरमा परिणत भएको र जलमग्न भएकाले उत्पादनमा ह्रास आउने कृषि कार्यालयले जनाएको छ ।

 

प्रकाशित : भाद्र २६, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?