कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसभामुख र नेपाल टीभीका अध्यक्षलाई स्पष्टीकरण

काठमाडौं — निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भन्दै उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले दुवै जनालाई छुट्टाछुट्टै स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र जवाफ दिन भनेको छ । 

उपसभामुख यादवमाथि सप्तरीको निर्वाचन प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको आरोप छ । ‘संसदको उपसभामुख पदमा आसीन व्यक्तिले यसरी आचारसंहिताविपरीत चुनाव प्रचारप्रसार गरेबापत यहाँलाई कारबाही हुनुपर्ने हो कि होइन ?’ आयोगले स्पष्टीकरणमा सोधेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाललाई नेपाली कांग्रेस ललितपुरले भदौ २६ गते आयोजित राजनीतिक कार्यक्रममा उपस्थित भएको भन्दै स्पष्टीकरण सोधेको हो । 

‘नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दलविशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिताविपरीत हुँदा कारबाही हुनुपर्ने हो कि होइन ?’ दाहाललाई सोधिएको स्पष्टीकरणमा छ ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?