कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाइनफ्लुले एकको मृत्यु

सुर्खेत — गुर्भाकोट नगरपालिका–९ मा स्वाइनफ्लु संक्रमणले एक जनाको मृत्यु भएको छ । ४२ जना बिरामी छन् । ५८ वर्षीय नन्दलाल डाँगीको उपचार क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।

सहारेस्थित स्वास्थ्यचौकी प्रमुख किरण वलीले स्वाइनफ्लुले महामारीको रूप लिएको जानकारी दिए । ‘पछिल्लो एक महिनाको अवधिमा एउटै वडामा तीन जनाको मृत्यु भयो,’ उनले भने, ‘तीमध्ये उपचारका लागि लखनऊ लगिएका नन्दलालमा स्वाइफ्लुको संक्रमण देखियो ।’ अधिकांश बासिन्दा बिरामी परेपछि गाउँमा त्रास फैलिएको छ । सामान्य रुघाखोकीबाट तीन जनाको मृत्यु भइसक्दासमेत जिल्ला स्वास्थ्य कार्यालयले बेवास्ता गरेको गुनासो स्थानीयको छ । स्वाइनफ्लुले मृत्यु भएको पुष्टि भएपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट डा. किरण चौलागाईं नेतृत्वको टोली गुर्भाकोट गएको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?