कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बन्धक’ बनाउने पक्राउ

इलाम — कुवेत पठाउने बहानामा दुई किशोरीलाई १२ दिनसम्म बन्धक बनाइएको भन्दै प्रहरीले इलामका गर्जमान राई र इटहरीकी आशा गुरुङलाई पक्राउ गरेको छ । गत भदौ ३ मा पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

फाकफोकथुम गाउँपालिकाका ती किशोरीले आफूहरूलाई कुवेत लैजाने भन्दै काठमाडौं र इटहरीमा बन्धक बनाएको उजुरी दिएका थिए । काठमाडौं चावहिलको एउटा होटलमा १० दिन र इटहरीको अर्को एक घरमा २ दिन बन्धक बनाएको ती किशोरीले बताए । प्रहरीले उनीहरूलाई भदौ ३ मा इटहरीबाट उद्धार गरी घटनामा संलग्न राई र गुरुङलाई सोही दिन पक्राउ गरेको जिल्ला प्रहरीका एसपी विपिन कर्माचार्यले बताए ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?