स्वास्थ्यचौकी निर्माण

कान्तिपुर संवाददाता

नुवाकोट — सूर्यगढी गाउँपालिका–४ हल्देकालिका स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । स्वास्थ्यचौकीको कांग्रेस नेता रामशरण महतले सोमबार उद्घाटन गरेका छन् ।

भूकम्पपछि स्वास्थ्यचौकी अभावमा बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । १४ कोठे चौकीको लागत १ करोड ८९ लाख रुपैयाँ रहेको स्वास्थ्य इन्चार्ज नरेन्द्रमान डंगोलले बताए । स्थानीय वासु गिरीले नि:शुल्क जमिन उपलब्ध गराएका थिए । यहाँ दैनिक १५–२० बिरामी आउने गरेका छन् । 

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

दैलेख पहिलो

कान्तिपुर संवाददाता

दैलेख — न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसीपीएम) मा जिल्ला समन्वय समिति दैलेख मुलुककै पहिलो भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको वित्तीय आयोगको सचिवालयको स्वतन्त्र मूल्यांकनमार्फत पहिलो भएको हो ।

आव २०७२/७३ मा जिससले ८९ अंक प्राप्त गरेको छ । ०७१/७२ को मूल्यांकनमा दैलेख दोस्रो स्थानमा थियो ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्