कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूतिमा थप शय्या

काठमाडौं — शय्या अभावका कारण थापाथलीस्थित प्रसूतिगृहमा बिरामीले पेटीमै सुत्नुपर्ने समस्याको अस्थायी समाधान भएको छ ।

प्रसूतिमा थप शय्या

अस्पतालले तत्कालै २० वटा शय्या थपेपछि सुत्केरीले पेटीमै सुत्नुपर्ने समस्या पार लागेको हो । यसअघि अस्पतालमा न्यून शय्याका कारण सुत्केरीले शय्या नपाउने, बिरामीले पेटीमै बसेर भए पनि उपचार गराउनुपर्ने बाध्यता थियो । भूकम्पका कारण प्रसूतिगृहको मुख्य भवन कामै नलाग्ने गरी भत्किएपछि शय्या राख्ने ठाउँको अभाव छ । 

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?