कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवाको आक्रमणबाट दुई महिला घाइते

आश गुरुङ

लमजुङ — दसैंको किनमेल गरेर गाउँ फर्कंदै गरेका दुई महिलालाई चितुवाले आक्रमण गरेको छ । आक्रमणबाट महिला घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट दुई महिला घाइते

बेंसीसहर नगरपालिका वडा नं. १, नयाँगाउँका ३५ वर्षीया पार्वती अधिकारी र ५० वर्षीया गोपिका तिवारीको चितुवाको आक्रमणबाट घाइते भएका हुन् । उनीहरुको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते तिवारीका अनुसार दसैंका लागि उदिपुरमा किनमेल गरेर फर्कने क्रममा मंगलबार अपरान्ह चितुवाको आक्रमणमा परेको हो । ‘उकालो बाटो हिँड्दै थियौं । एक्कासी चितुवा देखियो र मलाई चिथोर्न आयो’उनले भनिन्, ‘मसँग लट्ठी थियो, मलाई चिथोर्दै खुट्टामा टोकेर बहिनी (पार्वती)तिर गयो र बहिनीलाई पनि चिथोर्दै टोक्यो ।’

उनीहरुको अनुसार बजारबाट करिब आधा घण्टा हिँडेपछिको गहते खोरियाको जंगलमा चिुतावले आक्रमण गरेको हो । चितुवाले लछारपछार गर्दै पार्वतीको दायाँ हातमा टोकेको र गोपिकाको बायाँ खुट्टामा टोकेको छ । ‘सुरुमा धेरै डरायौं । आक्रमण गर्न आएपछि नभागी हामी पनि लड्यौं’ गोपिकाले भनिन्, ‘गुहार माग्यौं । लड्दै गयौं । पछि चितुवा पनि डरायो । हामी ठूलो दुर्घटनाबाट जोगियौं ।’ स्थानीय रामप्रसाद अधिकारीले यसअघि पनि उक्त क्षेत्रमा चितुवा भेटिने गरे पनि कोहीमाथि आक्रमण भएको थिएन ।

चितुवाको आक्रमणबाट घाइते लमजुङको बेंसीसहर नगरपालिका-१, नयाँगाउँकी पार्वती अधिकारी (सुतिरहेको) र गोपिका तिवारी लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गर्दै । तस्बिर : आश गुरुङ/कान्तिपुर

प्रकाशित : आश्विन ११, २०७४ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?