कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्ट लागेर युवकको मृत्यु

कान्तिपुर संवाददाता

धादिङ — राति ११ बजे विजुलीको पोलमा चढेर अप्टिकल फाइवर मर्मत गर्ने क्रममा एकजना प्राविधिकको करेन्ट लागेर मृत्यु छ ।

एनसेलको नेटवर्कमा समस्या आएपछि उनी थाक्रे–७ जुंगेखोलास्थित विजुलीको खम्बामा चढेर अप्टिकल फाइबर मर्मत गर्दै थिए । मृतक गोरखा जिल्ला सुलिकोट-५ निवासी वर्ष २१ का सुरज गुरुङ भएको खानीखोला स्थित प्रहरीनिरीक्षक जीवन निरौलाले बताए ।

करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको क्रममा शिवर्दशन अस्पताल धार्केमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?