कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भर्ना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

प्रकाश अधिकारी

सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) विरुद्ध सर्वोच्च अदालतमा पुन: अर्को रिट परेको छ ।

राजधानीका निजी कलेजलाई सम्बन्धन दिएको विरुद्धमा परेको मुद्दा विचाराधिन रहेको अवस्थामा भर्ना आवेदन लिएको भन्दैमा रिट दायर भएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) विरुद्ध सर्वोच्च अदालतमा पुन: अर्को रिट परेको छ ।

राजधानीका निजी कलेजलाई सम्बन्धन दिएको विरुद्धमा परेको मुद्दा विचाराधिन रहेको अवस्थामा भर्ना आवेदन लिएको भन्दैमा रिट दायर भएको हो । अधिवक्ता जगदिश आचार्यले काठमाडौंस्थित ग्लोबल इन्टरनेसनल कलेजले बिबिए प्रथम वर्षका लागि भर्ना खुलाएकाले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन् ।

रिट निवेदनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेत, सिनेट, उपकूलपति, ग्लोबल इन्टरनेशनल कलेज, नेपाल इन्जिनियरिङ कलेज र प्रेसिडेन्सियल बिजिनेस गु्रपलाई विपक्षी बनाइएको छ । अदालतले सुनुवाइका लागि आइतबार पेशी तोकेको छ ।

प्रकाशित : आश्विन २१, २०७४ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?