कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामशाहघाट जोगाउन महायज्ञ

कान्तिपुर संवाददाता

गोरखा — राजा राम शाहको समाधिस्थल गोरखा नगरपालिका–१३ देउरालीस्थित दरौंदी मस्र्याङदी दोभान संरक्षणका लागि महायज्ञ गरिने भएको छ ।

जीर्ण अवस्थामा पुगेर जोखिममा रहेको रामशाहघाटमा भौतिक पूर्वाधार विकास गर्न महायज्ञबाट रकम संकलन गर्ने उद्देश्य रहेको संरक्षण समितिका अध्यक्ष गोविन्दमान श्रेष्ठले बताए । आगामी कात्तिक ६ देखि एक साता उक्त घाटमा हुने महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने भएका छन् ।

महायज्ञबाट डेढ करोड रकम संकलन गरिने समितिले लक्ष्य लिएको छ । ‘राजा राम शाहको अन्त्येष्टि भएको ठाउँ ओझेलमा परेको छ,’ १३ नम्बरका वडाध्यक्ष हरि खनालले भने, ‘भौतिक पूर्वाधार विकास गरेर संरक्षण गर्न खोजका हौं ।’ दरौंदी नदीले घाटमा रहेका सत्तल, किरियापुत्री घर, मन्दिर र बगैंचा कटान गर्दै लगेको छ । रामशाह घाट जिल्लाकै र छिमेकी तनहुँ जिल्लाका बासिन्दाले समेत शव अन्त्येष्टि गर्ने ठाउँका रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २२, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?