कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपरासीका युवकको कतारमा मृत्यु

नवलपरासी — वैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीका नरसिंह केवटको मृत्यु भएको छ । सरावल गाउँपालिका-४ बडसारका प्रह्लाद केवटका ३६ वर्षीय छोरा नरसिहं केवटको गत आइतबार कतारमा मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन ।

नवलपरासीका युवकको कतारमा मृत्यु

वैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीका नरसिंह केवटको मृत्यु भएको छ ।

सरावल गाउँपालिका-४ बडसारका प्रह्लाद केवटका ३६ वर्षीय छोरा नरसिहं केवटको गत आइतबार कतारमा मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन ।

स्थानीय हरि लोहारका अनुसार उनी कतारको क्यालिबर ट्रेडिङ्ग एन्ड कन्ट्रक्टिङ कम्पनीमा ज्यालादारीका मजदुरका रुपमा कार्यरत थिए । केवट काबेली ह्युमन रिसोर्स प्रालि बाट वि.सं. २०७३ जेष्ठ २१ गते कतार गएका थिए ।

सरावल गाउँपालिका-४ बडसारका अन्य युवाहरुको सहयोगमा त्यहाँस्थित नेपाली दूतावास र कम्पनीसँग समन्वय गरेर शव नेपाल ल्याउने काम थालिएको स्थानीयले टेलिफोनमा जानकारी दिए । नरसिंहको दुई छोरा र एक छोरी छन् । केवट डेढ वर्षअघि मलेसिया गएको १५ दिनमै स्वास्थ्य अवस्था ठीक नभएको भन्दै त्यहाँबाट फर्काइएका थिए ।

प्रकाशित : आश्विन २२, २०७४ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?