कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानीभेरी नदीमा एक युवा बेपत्ता

हरि गौतम

रुकुम — सानीभेरी नदीमा बगेर बेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो रुकुम पश्चिम मुसीकोट नगरपालिका-१३, का अन्दाजी ३५/३६ वर्षीय गोविन्द केसी सानीभेरी नदीमा बगेर बेपत्ता भएका थिए ।

 सानीभेरी नदीमा एक युवा बेपत्ता

मुग्लुगार खोलाको दोभानमा पुगेर सानीभेरी नदीबाट दाउरा तान्ने क्रममा केसी बगेका थिए । बेपत्ता केसीको बुधबारदेखि नै खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले बताए । उनका अनुसार वेपत्ता आफन्त, स्थानीयको साथै सिम्ली र पूर्तिमकाँडा चौकीमा कार्यरत प्रहरीहरु पनि खोजीमा जुटेका छन् ।

बुधबार बेलुकासम्म खोजिए पनि कतै फेला पार्न नसकिएपछि बिहीबार बिहानैदेखि पुन: खोजी भइरहेको प्रहरी निरीक्षक रजालीले बताए ।

प्रकाशित : आश्विन २६, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?