कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीश अभाव

कान्तिपुर संवाददाता

गुलरिया — जिल्लामा न्यायाधीश नहुँदा अदालती कारकारबाही प्रभावित हुन पुगेको छ । कार्यरत दुई न्यायाधीश सरुवा भएपछि नयाँ आइपुगेका छैनन् ।

गत भदौ २८ गते जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा र न्यायाधीश रमेश पौडेलको सरुवा भएको थियो । यहाँका लागि तोकिएका जिल्ला न्यायाधीश किरणकुमार पोखरेल उपस्थित भएका छैनन् ।

अदालतका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले सरुवा भई आउने जिल्ला न्यायाधीश पोखरेलका पिताको असामयिक निधन भएकाले तिहारपछि आउने बताए ।

प्रकाशित : आश्विन ३०, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?