कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिवास घोषणापत्र जारी

कान्तिपुर संवाददाता

महोत्तरी — ९ बुँदे बर्दिवास घोषणापत्र जारी गर्दै आइतबार राष्ट्रिय आमसञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी प्रदेश २ अन्तर्गतका ८ जिल्लाका सञ्चारकर्मीले सार्वजनिक सेवा प्रसारण ऐन २०७४ को प्रारम्भिक मस्यौदामाथि क्षलफलपछि बर्दिवास घोषणापत्र जारी गरिएको छ ।

राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन सुझाव उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहाल र सञ्चार विज्ञ टीकाराम राईद्वारा प्रस्तुत प्रारम्भिक मस्यौदामाथि सहभागीले आफ्ना धारणा राखेका थिए ।

 

प्रकाशित : आश्विन ३०, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?