कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सहयोगमा जीर्णोद्धार

कान्तिपुर संवाददाता

काठमाडौं — भूकम्पले क्षतिग्रस्त पाटनको ऐतिहासिक चार नारायण मन्दिरको जीर्णोद्धार थालिएको छ । अमेरिकी सरकारको संस्कृति संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) को एक करोड रुपैयाँ सहयोगमा मन्दिर जीर्णाेद्धार सुरु गरिएको हो ।

पाटन दरबार क्षेत्रमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत अलाइना बी. टेप्लिज र पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जीर्णोद्धार शुभारम्भ गरे । अमेरिकाले काठमाडौं उपत्यका संरक्षण कोषलाई रकम प्रदान गरी जीर्णोद्धारमा सघाएको हो ।

प्रकाशित : आश्विन ३१, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?