कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

दम र रुघा खोकीको कारण एक वृद्धाको मृत्यु

कान्तिपुर संवाददाता

डोल्पा (दुनै) — बढ्दै गरेको चिसोले रुघाखोकी र दमको कारणरले मुड्केचुला नर्कुका एक जना वृद्धाको मृत्यु भएको छ ।मुड्केचुला गाउँपालिका वडा नं ६ नर्कु गाउँकी अन्दाजी ६० वर्षिया दुधकुमारी शाहीको शनिबार मृत्यु भएको उनका आफन्त नेत्रबहादुर शाहीले बताएका छन् ।

मौसम परिवर्तनसँगै बढ्दै गएको चिसोको कारण दमको दीर्घरोगी शाहीलाई तीन दिनदेखि रुघा खोकीले च्यापेको थियो । उक्त रोगले शाहीको शनिबार निधन भएको हो । दिनप्रतिदिन बढ्दै गएको चिसो र पानी नपर्नाले धेरै धुलोको कारण मुड्केचुला गाउँपालिकामा साना बालबालिकादेखि वृद्धासम्म रुघाखोकीको संक्रमण देखिएको शाहीले बताए । 

प्रकाशित : कार्तिक १८, २०७४ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?