कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ताप्लेजुङमा नेकपा माओवादीका आठ कार्यकर्ता पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — विप्लव नेतृत्वको नेकपा माओवादीका आठ कार्यकर्ता पक्राउ परेका छन् । मेची अञ्चल व्युरो सदस्यदेखि जिल्लास्तरीय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार मेची अञ्चल व्युरो सदस्य सकल भनिने सागर लिम्बु, जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी संगठनका केन्द्रीय सदस्य राजु दास, विद्यार्थी संगठनका अध्यक्ष गणेश कार्की डोली पक्राउ परेका हुन् ।

जिल्ला जनपरिषद् उप-प्रमुख राकेश भनिने राजेन्द्र दाहाल, सदस्यहरु प्रशान्त लिम्बु, ध्रुव भनिने धनबहादुर लिम्बु, प्रेमलाल चौहान र चन्द्र शेर्पा पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७४ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?