कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई लक्षित गरी विष्फोट

घनश्याम खड्का

म्याग्दी — लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई लक्षित गरी मंगलबार दिउँसो २ बजे बेनी नगरपालिका-१ अर्जम छेउ विष्फोट भएको छ । विष्फोटनबाट कुनै मानवीय क्षति नपुगेको प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार खमबहादुर (खम्वीर) गर्वुजा, प्रदेश सभा ‘क’ का सदस्य उम्मेदवार राप्रपाका भीमप्रसाद गौचन समेतका चुनाव प्रचार टोली मंगलबार बेनी नगरपालिका-१ रत्नेचौरमा चुनावी सभा गरी बेनपा-२ भकुण्ड तर्फ लाग्ने क्रममा विष्फोटन गराएको थियो । विष्फोटनको जिम्मेवारी समाचार लेख्दासम्म कसैले लिएको छैन ।

‘हामी रत्नेचौरको कार्यक्रम सकेर गाडीमा भकुण्डे तर्फ जाँदै थियौं । म चढेको गाडी अघि थियो, उम्मेदवार पछिल्लो गाडीमा हुनुहुन्थ्यो, अर्जम नजिक बाँसघारी छेउमा पुग्दा विष्फोटन भयो’ प्रचार टोलीमा संलग्न निर्वतमान सांसद रेशमबहादुर बानियाँले भने, ‘विष्फोटनपछि साना ढुंगा र माटोले गाडी छोपियो । १ मिटर पछि परेकोले मानवीय क्षतिबाट जोगियौं ।’

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काका अनुसार प्रहरीले घट्नास्थलमा साना जिआई पाईपका टुक्रा, केही तारका टुक्रा फेला परेको छ । घट्नाको थप अध्ययन/अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक २८, २०७४ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?