कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

प्रताप विष्ट

हेटौंडा — पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–३ लेवटमा मंगलबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

हेटौडाबाट मनहरीतर्फ गइरहेको ना ७ ख ४८०९ नम्बरको टिपरले मनहरीबाट हेटौंडातर्फ आइरहेको ना ३३ प ८६४७ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी गैडाकोटका २४ वर्षीय अनिल जिसी र मोटरसाइकल पछाडी बसेकी उक्त स्थानकै २३ वर्षीया पुनम विकको मृत्यु भएको हो ।

 टिपरको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारको निम्ती हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याउँदाल्याउँदै बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताए । 'मोटरसाइकल र टिपर दुवै तीव्र गतिमा थिए,' एक प्रत्यक्षदर्शीले भने, 'टिपरको कारणले दुर्घटना भएको हो ।'  टिपर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्। 

प्रकाशित : कार्तिक २८, २०७४ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?