कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयका गाडी चालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

काठमाडौं — महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताएका छन् ।

विद्यालयका गाडी चालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

सहयोगी हृदय नेपालले बुधबार काठमाडौंमा गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा उनले त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको जानकारी दिए ।

उनले स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे ।

बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख उमादेवी राईले देशका उत्पादनशील युवा कुलतमा फस्दा देशको भविष्यमा खतरा हुने भएकाले विद्यालयस्तरबाटै विद्यार्थीलाई सही मार्गदर्शन हुनुपर्नेमा जोड दिइन् । गृहमन्त्रायलका लागुऔषध नियन्त्रण इकाइका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले आफ्ना छोराछोरीलाई कुलतबाट बचाउनका लागि अभिभावकले छोराछोरीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक २९, २०७४ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?