कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीमा बगेर १ को मृत्यु

मनोज बडू

दार्चुला — शनिबार बिहान महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका-४ रिङनताल नजिक महाकाली नदीको किनार भएर आउने क्रममा महाकाली नगरपालिका-२ पन्नोडाका ४५ वर्षीय प्रदीपसिंह नगालको मुत्यु भएको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेर १ को मृत्यु

टाउकोमा चोट लागेका नगाल आफ्नी स्वास्नीसँगै उपचारका लागी बिहानै जिल्ला अस्पताल आउँदै थिए । छिटो अस्पताल पुग्न छोटो बाटो प्रयोग गर्ने सोचले रिङनताल नजिकको तटबन्ध निर्माणका लागि जग खनिरहेको ठाउँबाट आउँदा चिप्लेर नदीमा बगेको प्रत्यक्षदर्शी भोजराज जोशीले बताए । रिङनतालबाट बगेर नगालको शव २ किलोमिटर पर नमस्कार नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नगालको शवको नदीबाट झिकिएको सशस्त्र प्रहरी बल दार्चुलाका डिएसपी अम्बिकाप्रसाद जोशीले बताए । पुलघाट नजिकबाट उनको शवलाई पिछा गर्दा नमस्कार नजिक पन्छाउन सकियो उनको भनाइ छ ।

प्रकाशित : मंसिर २, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?