कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना र नयाँ पुस्ताको टक्कर

लेखनाथ (कास्की) — पाँच दशकदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय शुक्रराज शर्मा यतिखेर चुनावी मैदानमा छन् । उनी कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । शर्मासँग वाम गठबन्धनबाट जगत विश्वकर्माले प्रतिस्पर्धा गर्दैछन् । शर्मा उमेरले ७० नाघे । उनका प्रतिस्पर्धीको उमेर ४३ छ ।

पुराना र नयाँ पुस्ताको टक्कर

शर्मासँग २ पटक चुनाव लडेको अनुभव छ । उनका प्रतिस्पर्धी पहिलोपटक संसदीय चुनावमा भिडदैछन् । शर्मा हाल कांग्रेसको कुनै भूमिकामा छैनन् । उनका प्रतिस्पर्धी भने एमालेका पोलिटब्युरो सदस्य हुन् । शर्मा राजनीतिको लामो अनुभव र विश्वकर्मा युवा जागर लिएर चुनावमा भिडदैछन् । 

शर्मा भन्छन्, ‘यसपटक आफैंले काम गरेको क्षेत्रमा लडदैछु, जित्नेमा ढुक्क छु ।’ आºनो क्षेत्रमा सबैसँग भिज्नु, सबैको सेवा गर्नु, शिक्षा र विकास निर्माणका लागि केन्द्रसम्म पुगेर पहल गर्नु, कुनै पार्टीका मान्छेसँग वैमनश्यता नहुनु उनलाई आºनो जितका बलिका आधार लाग्छन् । ‘२३ वर्षपछि टिकट पाएको छु,’ उनी भन्छन्, ‘५२ वर्षदेखिको राजनीतिक इतिहास बोकेको मान्छेलाई जिताएर यहाँका जनताले अभिभावकत्व खोजेका छन् ।’ कांग्रेस उम्मेदवारसँग जस्तै उनीसँग पनि जितका आºनै आधार छन् ।

‘मैले शोषण र विभेदविरुद्ध लामो संघर्ष गरेको छु,’ उनी भन्छन्, ‘जनताको बीचमा नेतृत्व गर्ने कलाकौशल पनि मसँग छ ।’ विकास निर्माणमा ठूलादेखि साना योजना छनोट र कार्यान्वयनको फेहरिस्त आफूसँग भएको उनको दाबी छ । शर्माको राजनीतिक योगदानलाई नजरअन्दाज गर्न नसकिए पनि अबको पालो युवाको भएको उनको धारणा छ । ‘संविधान जारी भएपछि मुलुक सार्वभौमसम्पन्न भइसकेको छ,’ उनी भन्छन्, ‘अब विकास र समृद्धि नै मुख्य हो ।’

समृद्धिका लागि मुलुकले लिएको राष्ट्रिय लक्ष्य पूरा गर्ने जिम्मेवारी युवाको भएको उनी बताउँछन् । उनी भन्छन्, ‘हिजोको इतिहास कसको के छ भन्नुभन्दा पनि परिवर्तनको अहिलेको अवस्थालाई कसले नेतृत्व गर्न सक्छ भन्ने मुख्य हो ।’ विकास र समृद्धिको चुनौतीलाई सामना गर्न युवा मात्रै सक्षम भएको उनको बुझाइ छ । 

यो क्षेत्रमा प्रदेशसभातर्फ ३(क) मा कांग्रेसकी शारदा पौडेल र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामजी बराल चुनाव लडदैछन् । ३(ख) मा कांग्रेसका सिकन्दर गुरुङ र वाम गठबन्धनबाट एमालेका राजीव पहारी भिडदैछन् । ३(क) मा एमाले–माओवादीले स्थानीय तहमा १६ हजार ७ सय ६२ मत पाएका थिए । कांग्रेसले ११ हजार ७ सय १८ मत ल्याएको थियो । यहाँ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको १, २, ३, १८, १९ र २५ वडा पर्छन् । ३(ख) मा कांग्रेसभन्दा वाम गठबन्धन २ हजार ७ सय ७१ मतले अगाडि छ । 

प्रकाशित : मंसिर ३, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?