कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा २ जनाको मृत्यु

नवलपरासी — नवलपरासीको गैंडाकोट नगरपालिकाको विजयचोक नजिकै भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार कावासोतीबाट नारायणगणढतिर जाँदै गरेको ना ४ ख ९७०८ नम्बरको ट्रकसँग ना ५० प ४४३५ नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खाँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । ज्यान जानेमा भरतपुर महानगरपालिका बस्ने १९ वर्षको वर्षका सन्दीप घिमिरे र २० वर्षका सुनिल शर्मा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनायो ।

प्रकाशित : मंसिर ३, २०७४ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?