कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्कृष्ट १० करदाता सम्मानित

पोखरा — आन्तरिक राजस्व कार्यालय पोखराले छैटौं राष्ट्रिय कर दिवसको साताव्यापी कार्यक्रमको समापनमा उत्कृष्ट १० करदातालाई बिहीबार सम्मान गरेको छ । कार्य क्षेत्रभित्रका १० जिल्लाबाट एक/एकजना करदातालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा पोखरा इन्जिनियरिङ कलेज, तनहुँको शुभकामना बहुउद्देश्यीय सहकारी, लमजुङको रिलायवल माइक्रो फाइनान्स, स्याङजाको सूर्योदय लघुवित्त, गोरखाको कसमस डेभलपमेन्ट बैंक र मनाङको सी एन्ड सी कन्ट्रक्सन छन् । त्यसैगरी पर्वतको स्नेहा किराना स्टोर्स, बागलुङको सीवाईसी बचत तथा ऋण सहकारी, म्याग्दीको बेनी बचत तथा ऋण सहकारी र मुस्ताङको रामलक्ष्मी डिस्टिलरी पनि सम्मानित भए । क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले ती संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।

गण्डकी धौलागिरि अञ्चलका १० जिल्ला कार्यक्षेत्र भएको कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर संकलन र कर प्रशासनको काम गर्दै आएको छ ।

यी जिल्लामा ४६ हजार ६१ व्यक्तिगत स्थायी लेखानम्बर, ७१ हजार ८ सय ६२ व्यावसायिक लेखा नम्बर, ६ हजार ६ सय ६९ अन्त:शुल्क इजाजत र १० हजार ८ सय २३ मूल्य अभिवृद्धि कर दर्ता भएका कार्यालय प्रमुख केशव उप्रेतीले बताए । उनका अनुसार कार्यालयबाट चालु आर्थिक वर्षमा ८ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ कर संकलनको लक्ष्य छ ।

प्रकाशित : मंसिर ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?