कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी आचार्य पुरस्कृत

काठमाडौं — कान्तिपुरकर्मी कृष्ण आचार्यलाई आर्थिक पत्रकार समाज (सेजन)ले उपलब्ध गराउने यस वर्षको ‘सेजन अवार्ड’ प्रदान गरिएको छ ।

कान्तिपुरकर्मी आचार्य पुरस्कृत

समाजको २०औं स्थापना दिवस ‘सेजन डे’को अवसर पारेर शुक्रबार छापामाध्यमतर्फको अवार्ड आचार्यलाई प्रदान गरिएको हो । आचार्यले गतवर्ष कान्तिपुर दैनिकमा लेखेको ‘अनुमतिबिनै नेपालमा रामदेवको लगानी’ समाचारलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो । छापामाध्यमतर्फ नै सोही अवार्ड नागरिक दैनिकका दिलीप पौडेललाई पनि प्रदान गरिएको छ । दुवै जनालाई २५/२५ हजार राशिको उक्त अवार्ड संयुक्त रुपमा प्रदान गरिएको हो । 

विद्युतीय माध्यमतर्फको सेजन अवार्ड भने राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सीताराम विलासीलाई वितरण गरिएको छ । यसैगरी क्यापिटल म्यागजिनका विनय बन्जारालाई ‘जुरी सम्मान’प्रदान गरिएको छ । उक्त अवार्ड राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले प्रदान गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष वाग्लेले मुलुकमा संघीयता कार्यान्वयन हुँदै जाँदा विशेषगरी वित्तीय संघीयताको विषयमा आर्थिक पत्रकार चनाखो हुनुपर्ने बताए । कार्यक्रमका अर्का वक्ता राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वित्तीय क्षेत्रमा सुशासन कायम राख्न आर्थिक पत्रकारहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । सेजनमा हाल २ सय ५४ आर्थिक पत्रकार सदस्य छन् । 

प्रकाशित : मंसिर १५, २०७४ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?