कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेचोमा जात्रा

ललितपुर — ठेचोमा नवदुर्गा भवानी देवी नाच, ब्रम्हायणी, बालकुमारी, भैरव र गणेशको खट जात्रा मनाइएको छ । जात्राको अन्तिम दिन बुधबार बिहान माथिल्लो लाछीस्थित बालकुमारी देवीलाई बाजागाजासहित मन्दिर नजिकैको सत्तलमा भित्र्याइएको थियो ।

गणेश देवतालाई पालो थाप्नेको घरमा र भैरवलाई धुमधामसँग सिन्दुर जात्रा गरी पुखुसी टोल पुर्‍याइयो । यसलाई नेपाल भाषामा सिन्ह: या: जात्रा भनिन्छ । 

तल्लो लाछीस्थित बालकुमारी देवीको खटको छाना भने मन्दिरको ढोकाबाट नभई मूल झ्यालबाट भित्र्याउने चलन छ । भूकम्पले ध्वस्त मन्दिर पुनर्निर्माण भइनसकेकाले बालकुमारी देवीको मूर्तिलाई मन्दिर नजिकैको सत्तलमा राखियो । जात्राका अवसरमा नवदुर्गा भवानी देवी नाच प्रदर्शन गर्ने चलन छ । 

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?