कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुतेकै ठाउँमा मृत्यु

लमजुङ — मलेसियामा कार्यरत बेंसीसहर–११ रामचोकका २५ वर्षीय रविन श्रेष्ठ मृत फेला परेका छन् । भिनाजु राजेश श्रेष्ठका अनुसार आइतबार काम गरेर फर्केपछि खाना खाएर सुतेका रविन सोमबार बिहान मृत अवस्थामा भेटिएको सँगै रहेका साथी राज पटेलले बताएका हुन् ।

मलेसियामा कार्यरत बेंसीसहर–११ रामचोकका २५ वर्षीय रविन श्रेष्ठ मृत फेला परेका छन् ।

भिनाजु राजेश श्रेष्ठका अनुसार आइतबार काम गरेर फर्केपछि खाना खाएर सुतेका रविन सोमबार बिहान मृत अवस्थामा भेटिएको सँगै रहेका साथी राज पटेलले बताएका हुन् ।

पारिवारिक स्रोतका श्रेष्ठ खाद्य कम्पनी म्याक फुड कम्पनीमा कार्यरत थिए । तीन वर्षदेखि मलेसियामा रहेका उनी पुसदेखि घर फर्कने तयारीमा थिए ।

उनको परिवारमा आमा, श्रीमती र तीन वर्षीय छोरा छन् । शव बुझ्नका लागि श्रेष्ठ परिवार लमजुङबाट राजधानी पुगेको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?