कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वृद्धवृद्धालाई अलमल

स्याङ्जा — पुतलीबजार–४ की ८४ वर्षीया उमादेवी पोखरेललाई बिहीबार कसरी मतदान गर्ने भन्ने जिज्ञासा छ । तर उनलाई मतपत्र कस्ता हुन्छन् र कसरी मतदान गर्ने भन्ने थाहा छैन । ‘मलाई आजसम्म कसैले पनि सिकाएनन्,’ उनले भनिन्, ‘कसैलाई साथ लिएर जान्छु र तरिका सोधेर मतदान गर्छु ।’

पुतलीबजार–४ की ८४ वर्षीया उमादेवी पोखरेललाई बिहीबार कसरी मतदान गर्ने भन्ने जिज्ञासा छ ।

तर उनलाई मतपत्र कस्ता हुन्छन् र कसरी मतदान गर्ने भन्ने थाहा छैन । ‘मलाई आजसम्म कसैले पनि सिकाएनन्,’ उनले भनिन्, ‘कसैलाई साथ लिएर जान्छु र तरिका सोधेर मतदान गर्छु ।’ सबै मतदाता पोखरेलजस्ता छैनन् । धेरै वृद्धवृद्धाले मतदानमा अलमल हुन सक्नेमा शंका गरेका छन् ।

पुतलीबजारकी उजेली थापाले भनिन्, ‘सिकाइदिए हाम्रो भोट खेर जाँदैनथ्यो ।’ कस्ता रङका, कति वटा मतपत्र हुन्छन् भन्ने आफूलाई थाहा नभएको उनले बताइन् ।

जिल्लाका बजार क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवी जति सक्रिय छन्, उति ग्रामीण भेगमा हुन नसकेको गुनासो मतदाताको छ । बजार क्षेत्रमा नमुना मतदान पनि आयोजना गरिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा स्वयंसेवकलाई परिचालन गरिएको जनाएको छ । स्वयंसेवकलाई नभेटेका वा मतदानको तरिका नबुझेकाहरूले सम्बद्ध मतदान केन्द्रबाटै पनि प्रक्रियाबारे जानकारी लिन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?