कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै सिट वाम अगाडि

दमौली — प्रारम्भिक चरणको मतगणनामा तनहुँको सबै सिटमा वाम गठबन्धन आगडि देखिएको छ । दुई वटै प्रतिनिधिसभा सदस्य र चार वटै प्रदेशसभा सदस्यको निर्वाचन मत परिणाममा वा गठनबन्धनका उम्मेदवार अगाडि छ ।

तनहुँ १ मा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठले दुई हजार २ सय ६४ मत र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको एक हजार ७ सय ७४ मत प्राप्त गरेका छन् । 

चार हजार ४ सय ८० मत गणना भएको थियो । प्रदेशसभा सदस्य तर्फ क मा वाम गठनबन्धनका रामबहादुर गुरुङको एक हजार १ सय ६८ मत र कांग्रेसका गोविन्द भट्टराईको ८ सय ४६ मत छ । ख प्रदेशसभा सदस्यमा वामगठनबन्धनका हरिबहादुर चुमानको एक हजार १ सय ६८ मत र कांग्रेसका रघुनाथ पौडेल ६ सय ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद जोशीले बताए ।
 
तनहुँ २ मा वाम गठनबन्धनका केदार सिग्देलले तीन हजार १ सय ९० मत र कांग्रेसका शंकर भण्डारीले १ हजार ९ सय २९ मत प्राप्त गरेका छन् । पाँच हजार ४ सय ७३ मतगणना भएको थियो । 

यस निर्वाचन अन्तर्गत क प्रदेशसभा सदस्यमा वाम गठबन्धनका आशा खनाल ४ सय ७२ मत र कांग्रेसका युवा नेता प्रदीप पौडेल ३ सय ८५ मत र ख प्रदेशसभा सदस्यमा वाम गठनबन्धनका किरण गुरुङ ३ सय ६२ मत र कांग्रेसका ध्रुव वाग्लेको ३ सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोविन्द गिरीले बताए ।

प्रकाशित : मंसिर २२, २०७४ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?