कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडा मृत अवस्थामा फेला पर्‍यो

कमल पन्थी

गुलरिया — बर्दिया राष्ट्रिय निकुन्जस्थित खाता जैविकमार्गमा करिब ३८ वर्षीय गैंडा मृत अवस्थामा फेला परेको छ । रेडियो कलर जडान भएको उक्त गैंडा मध्यवर्ती क्षेत्र अन्तर्गत पर्सेनी घाट नजिक डाडागाउँको जंगलमा मृत अवस्थामा बिहीबार फेला परेको जानकारी शु्क्रबार निकुन्ज प्रशासनले जानकारी गराएको छ ।

गैंडा मृत अवस्थामा फेला पर्‍यो

कालगतिमा गैंडाको मृत्यु भएको निमित्त संरक्षण अधिकृत अशोक कुमार भण्डारीले भने,‘मृत भएको गैडाको खाग,खुर लगायतका संवेदनशिल अंग निकालेर गाडिएको छ ।’


उमेरले बुढो हुँदै गएको गैंडा विरामीका कारण मरेको अनुसन्धानमा देखिएको निकुन्ज प्रशासनको भनाई छ । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब ३० किमी पश्चिममा भएको हो । बर्दिया निकुन्जमा ३७ वटा गैंडा छन् । ती मध्ये कर्णाली तटिय क्षेत्र आसपासमा २९ र बबई उपत्याकामा ८ वटा गैंडा रहेको निकुन्जले जनाएको छ ।

प्रकाशित : पुस ७, २०७४ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?