कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्नीलाई यातना

धनकुटा — धनकुटा नगरपालिका ४ छारागाउँकी एक महिला पतिको चरम यातनाबाट गम्भीर घाइते भएकी छन् । स्थानीय ४८ वर्षीया सीता श्रेष्ठलाई पति सीतारामले यातना दिएका हुन् । 

पत्नीलाई यातना

तीन दिनअघि आफ्नै घरभित्र थुनेर कुटेर गम्भीर बनाइएकी श्रेष्ठलाई छिमेकी तथा आफन्तले बिहीबार उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए । कुटाइबाट अर्धचेत श्रेष्ठको अवस्थाबारे उनका नाबालक छोराले छिमेकीलाई भनेपछि घटना बाहिर आएको प्रहरीले जनाए । श्रेष्ठका भिनाजु खगेन्द्रका अनुसार लामो समय विदेशमा रहेका सीतारामले फर्केर आएपछि यातना दिन थालेका हुन् ।

कुटाइबाट टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट तथा नीलडाम रहेको छ । घाइते श्रेष्ठका अनुसार बुटवलकी एक महिलासँग पतिको सम्बन्ध रहेको थाहा पाएपछि घरायसी विवाद बढेको थियो । यसअघि गत साउनमा पनि पतिको कुटाइबाट उनको दाहिने हात भाँचिएको थियो ।

जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि बिहीबार अपराहन श्रेष्ठलाई कोसी अञ्चल अस्पताल विराटनगरमा लगिएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जिल्ला प्रहरीको हिरासतमा राखिएको

प्रहरीले जनाए ।

प्रकाशित : पुस १४, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?