कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख निर्वाचन आयुक्त अनुगमनका लागि डोल्पा

डोल्पा(दुनै) — निर्वाचनको मतदानका लागि १ दिन मात्र बाँकी रहेको बेला निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त निर्वाचन अनुगमनका लागि डोल्पा पुगेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अनुगमनका लागि डोल्पा

निर्वाचनको तयारीको अनुगमन गर्न नेपाली सेनाको सानो हेलिकप्टरबाट प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव आयोगका सहसचिव सुशील कोइरालासहित डोल्पा पुगेका छन् । बिहान साढे १० बजे हेलिकप्टरबाट डोल्पाको सदरमुकाम दुनै पुगेका यादव नेपालकै गहिरो ताल फोक्सुण्डो अवलोकनका लागि हेलिबाट दुनै ओर्लेको ५ मिनटमै पुन: उडान भरेर फोक्सुण्डो तालतर्फ लागेका छन् ।

फोक्सुण्डो ताल अवलोकन गरी फर्केपछि दुनैमा अन्तर्क्रिया गर्ने भनिएको छ । दुनैमै बिहानको खाना खाएलगत्तै फर्कने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?