कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीसो बढे पनि मुस्ताङमा उत्साहपूर्वक मतदान हुँदै

लोमाङथानमा स्ट्याम प्याडको मसी नै जमेपछि केहीबेर मतदान रोकिएको थियो
विनोद त्रिपाठी

मुस्ताङ — प्रतिनिधि र प्रदेशसभाका लागि आज भइरहेको मतदानमा अहिले बिहानको ११ बजेसम्म मुस्ताङमा करिब ३० प्रतिशत मत खसिसकेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हरेक मतदान केन्द्रमा शान्ती पूर्वक मतदान भैरहेको छ ।

चीसो बढे पनि मुस्ताङमा उत्साहपूर्वक मतदान हुँदै

बिहान ७ बजेबाट शुरु भएको मतदानमा मतदाताहरु उत्साहजनक तरिकाले सहभागी भैरहेका छन् । कार्यालयका कर्मचारी बालकृष्ण मिश्रका अनुसार उच्च हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रमा स्ट्याम्प प्याडमा मसी जमेको कारण केहिबेर मतदानमा ढिलाइ भएको थियो । लोमन्थाङ गाउँपालिका–१ मा रहेको मतदान केन्द्र निफुक नामडोल नोर्वुलिङ गुम्बा मतदान केन्द्रमा चिसोका कारण स्ट्याम्प प्याड जमेपछि तताएर मतदान कार्य सूचारु भएको मिश्रले बताए ।

उपल्लो मुस्ताङमा अत्यधिक चिसो भएपनि मतदाताहरु बिहानैबाट भोट दिन लाइनमा बसेका छन् । जाडो छल्न पोखरा, काठमाडौं लगायतका स्थानमा गएका मतदाताहरु जहाजबाट बिहान सदरमुकाम जोमसोम आएका छन् । साँझ ५ बजेसम्म भोट दिन आफ्ना मतदान केन्द्रमा पुग्ने मतदाताहरुले बताए ।

कतिपय मतदाता घण्टौं हिँडेर मतदान केन्द्रमा पुगिरहेका छन् । प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले २ बजेसम्म सबै मतदाताले भोट खसाइ सक्ने अनुमान गरेका छन् । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर १०, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?