कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

गिरिजाबाबुको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ : दाहाल

चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दाबी गरेका छन् । पश्चिम चितवनको मेघौलीमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, 'अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्‍याउन चाहन्छु ।'

गिरिजाबाबुको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दाबी गरेका छन् ।

पश्चिम चितवनको मेघौलीमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, 'अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्‍याउन चाहन्छु ।'

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने– 'शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।'
यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दाबी पनि उनले गरे ।

उनी चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

अबको जिम्मेवारी विकास : मन्त्री पाण्डे

चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले मंगलबार गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताए । 'अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन' उनले भने, 'वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारका रुपमा रहँदैआएको छु ।'

देशको ठूलो पार्टी नेपाली कांग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको उनले बताए ।

- रासस

प्रकाशित : मंसिर १२, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?