कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदानपछि गच्छदारले भने, ‘सहिदको सपना पूरा भयो’

सुनसरीमा दिउँसाे ३ बजेसम्ममा ५० प्रतिशत मतदान
वेदराज पौडेल

इटहरी — यो मतदानले संविधानलाई कहिल्यै नमर्ने गरी जिवित बनाएको भन्दै उपप्रधानमन्त्री विजय गच्छदारले सहिद जनताको सपना पूरा भएको प्रतिक्रिया दिए । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर २ को तुताहामा रहेको नवीन शिक्षा निकेतन मतदान केन्द्रमा उपप्रधानमन्त्री विजय गच्छदारले मध्यान्ह मतदान गरेपछि सञ्चारकर्मीसँग ७० वर्षदेखि जनताले देखेको सपना साकार भएको बताए ।

मतदानपछि गच्छदारले भने, ‘सहिदको सपना पूरा भयो’

जनताले जनताका लागि निर्माण गरेको संविधानले पूर्णता पाएको र संविधान अधिकार सम्पन्न भएको बताउँदै गच्छदारले भने, ‘७० वर्षदेखि जनताले देखेको सपना पूरा भएको छ, आजको मतदानले सहिदको समेत सपना पूरा गरेको छ ।’ संविधान पूर्णतया कार्यान्वयन भएको दिन भएकाले आफूलाई अन्यन्त गर्व लागेको बताउँदै गच्छदारले भने, ‘आमजनतासँगै यो सपना बीपी, गिरिजा र कृष्णप्रसादहरुको पनि सपना थियो जुन आज पूरा भएको छ ।’

अरु गणतान्त्रिक मुलुकजस्तै अब मुलुकले राजनीतिक समस्या छाडेर विकासमा अघि लम्कने विश्वास उनले गरे ।

यहाँ दिउँसाे ३ बजेसम्ममा ५० प्रतिशत मत खसेकाे बताइएको छ । सुनसरी जिल्लाका १ सय ६६ मतदानस्थलमा रहेका ५ सय २७ मतदान केन्द्रमा ५० प्रतिशत मत खसेको हो । सुनसरी जिल्लामा रहेका ४ निर्वाचन क्षेत्रमा ४ लाख ७४ हजार ८ सय ३१ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?