सिन्धुलीमा सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी बम विस्फोट

मतपेटिका सुरक्षित, थप सुरक्षा बल पठाएर ल्याउने तयारी
राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका–७ बाट सदरमुकाम ल्याउँदै गरेको मतपेटिकालाई लक्षित गरी कुण्ड भन्ने स्थानमा बम विस्फोट गरिएको छ ।



मतपेटिकालाई लक्षित गरी बम विस्फोट गराइए पनि मतपेटिका सुरक्षित साथ नजिकै रहेको क्वालटार प्रहरी चौकीमा लगेर राखिएको बताइएको छ । त्यहाँ थप सुरक्षाकर्मी पठाएर मतपेटिका ल्याउने तयारी भइरहेको छ ।

थप विवरण आउन बाँकी ।

 

प्रकाशित : मंसिर २१, २०७४ १९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मतपेटिका बोकेको गाडी लक्षित बम विस्फोट

प्रताप विष्ट

हेटौडा — मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा ल्याउने क्रममा २ स्थानमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।बम विस्फोटबाट स्कटिङमा गरिरहेको प्रहरीको गाडीमा क्षति पुगेको छ । तर मानवीय क्षति पनि भएको छैन । मतपेटिका पनि सुरक्षित रहेको छ ।

मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा ल्याउने क्रममा २ स्थानमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।
बम विस्फोटबाट स्कटिङमा गरिरहेको प्रहरीको गाडीमा क्षति पुगेको छ । तर मानवीय क्षति पनि भएको छैन । मतपेटिका पनि सुरक्षित रहेको छ ।
मनहरी गाउँपालिका—२ त्रिरत्न प्राविको मतदान केन्द्रको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा ठाडो खोलामा बम विस्फोट गराएका थिए । विस्फोटबाट प्रहरीको भ्यानमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए ।
यसैगरी मनहरी गाउँपालिका १ स्थित चकरीमकरीको मतदान केन्द्रवाट मतपेटिका ल्याउने क्रममा गोठ खोलामा प्रेसर कुकर बम विस्फोट गराइएको थियो ।
विस्फोटबाट मतपेटिकाको स्कटिङ गरिरहेको प्रहरीको भ्यानलाई सामान्य क्षति पुर्‍याएको थियो । मतपेटिका र मतदानमा खटिएका कर्मचारी र प्रहरी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT