कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा एमालेलाई पहिलोपटक प्रतिनिधि सभामा सफलता

आश गुरुङ

लमजुङ — मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।

मनाङमा एमालेलाई पहिलोपटक प्रतिनिधि सभामा सफलता

मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।

विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत दीपक ढकालले औपचारिक घोषणा गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् ।

मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि सधैं कांग्रेसले जित्दै आएको थियो ।

प्रकाशित : मंसिर २२, २०७४ ०५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?